दफा ६२
चालक अनुमतिपत्रको प्रतिलिपि दिने
(१) चालक अनुमतिपत्र हराएमा, च्यातिएमा, झुत्रो भई नबुझिने भएमा वा कुनै कारणबाट नासिएमा सात दिनभित्र चालकले सम्बन्धित अधिकार प्राप्त अधिकारी समक्ष चालक अनुमतिपत्रको प्रतिलिपिको लागि तोकिएको ढाँचामा तोकिएको दस्तुर समेत राखी दरखास्त दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम परेको दरखास्त उपर आवश्यक छानबीन गरी ब्यहोरा ठीक देखेमा अधिकार प्राप्त अधिकारीले चालकलाई चालक अनुमतिपत्रको प्रतिलिपि दिनेछ ।
(३) उपदफा (२) बमोजिम चालक अनुमतिपत्रको प्रतिलिपि जारी गरेको सूचना अधिकार प्राप्त अधिकारीले सम्बन्धित प्रहरी कार्यालयलाई दिनेछ ।